बालबालिकालाई आज भिटामिन ए र जुकाको औषधि खुवाइँदै

सरकारले आज देशैभर पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदैछ । एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि र ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए खुवाउन लागिएको हो ।

बाल स्वास्थ्य महाशाखाका अनुसार करिब ३८ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागिएको हो । यसका लागि ४८ हजार महिला स्वास्थ्य स्वयम् सेविका खटाइएको महाशाखा अन्तर्गतको खोप शाखाले जनाएको छ ।

आज छुटेका बालबालिकालाई भोलि (मंगलबार) पनि भिटामिन र औषधि खुवाइनेछ । सरकारले वैशाख ५ र ६, कार्तिकको २ र ३ गते गरी वर्षको दुई चरणमा भिटामिन ए र जुकाको औषधि खुवाउने गरेको महाशाखाले जनाएको छ ।
 





  • प्रकाशित मिति : असार २२, २०७७ साेमबार ९:७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया