नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको आजका लागि बोलाइएको बैठक स्थगित गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले स्थायी कमिटी बैठक स्थगित गरिएको जानकारी दिएका छन् । 

यसअघि शनिबार पनि यो बैठक स्थगित गरिएको थियो । शनिबार सोमबारका लागि राख्ने भनिएको बैठक आज फेरि स्थगनमा परेको हो ।

अब बैठक बुधबार बस्ने भनिएको छ ।

पछिल्लो समय शीर्ष नेताहरुबीच विवाद नमिल्दा नेकपा स्थायी कमिटी बैठक कहिले टुङ्गिने भन्ने ठेगान छैन । 

आज नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुने बताइएको छ । हिजो पनि यी दुई अध्यक्षबीच बालुवाटारमा भेटघाट भएको थियो । तर, भेटघाटमा कुनै निष्कर्ष निस्किन सकेको थिएन ।





  • प्रकाशित मिति : असार २२, २०७७ साेमबार ९:५०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया