प्याब्सनले भन्याे– सरकारसँग वार्ता सकारात्मक, आन्दाेलन स्थगित

सरकारसँगको वार्ता सकारात्मक रहेको भन्दै निजी विद्यालय सञ्चालकहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । उनीहरूले अनलाइन पढाइ अवरुद्ध नगर्ने निर्णयसमेत गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलसँग आइतबार भएको छलफलमा आफ्नो माग पूरा हुने संकेत देखिएको र संवाद जारी रहेकाले आन्दोलन स्थगित गरिएको निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष टिकाराम पुरीले जानकारी दिए ।

लकडाउन अवधिको पनि शुल्क संकलन गर्न नपाएको भन्दै विद्यालय सञ्चालकहरूले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए । सरकारले आधिकारिक रुपमा असारबाट मात्रै अनलाइन कक्षा सुरु गरे पनि प्याब्सन र एनप्याब्सन (निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन)ले भने वैशाखदेखिकै शुल्क लिन पाउनुपर्ने माग गरिरहेका छन् ।

कोभिड–१९ महामारीबीच तुरुन्तै विद्यार्थी भर्ना गर्न पाउनुपर्ने उनीहरूको माग छ । सरकारले बैङ्क ब्याज र विद्यालय भवनको भाडा मिनाहाजस्ता राहत प्याकेज ल्याउनुपर्ने पुरीको भनाइ छ ।





  • प्रकाशित मिति : असार २२, २०७७ साेमबार ११:३९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया