बाढीले डाइभर्सन भत्काएपछि कानेपोखरी–रङ्गेली सडक अवरुद्ध

मोरङको पहिलो हुलाकी सडक भनेर चिनिने कानेपोखरी–रङ्गेली सडकमा पर्ने गेउरिया खोलामा आएको बाढीले फेरि डाइभर्सन भत्काएको छ ।

वारिपारि कालोपत्रे रहेको सडकमा बनेको अस्थायी डाइभर्सन गेउरिया खोलामा शुक्रबार राति आएको बाढीले भत्काएपछि शनिबारदेखि कानेपोखरी–रङ्गेली सडक अवरुद्ध भएको छ । डाइभर्सन भत्काएको यो तेस्रो पटक हो ।

डाइभर्सन भत्किएपछि रङ्गेली क्षेत्रमा निर्माणका सामग्री र खाद्यान्न बोकेर जाने आउने गाडी भित्री बाटो भएर सञ्चालन हुन थालेका छन् ।

पुल निर्माणको जिम्मा पाएको कम्पनी आधा काम गरेर भागेपछि हालसम्म पुल निर्माणको काम अलपत्र अवस्थामा छ ।

‘पुल बन्ने स्थानको उत्तर दक्षिण कालोपत्रे सडक छ, तर पुल बन्ने कुनै योजना छैन,’ स्थानीय गोपाल खड्काले भने, ’हामीले पटकपटक भनिसक्यौँ । तर, आएर नापजोख गर्नेबाहेक केही काम भएको छैन ।’

पञ्चायत कालदेखि नै कालोपत्रे हुने सूचीमा पर्दैआएको कानेपोखरी–रङ्गेली सडक पटक–पटक ठेक्का लागेर पनि कालोपत्रे हुन सकेको थिएन ।



हाल यो सडकको कानेपोखरी– दर्वेशासम्मको २० किलोमिटर कालोपत्रे भइसकेको छ । पूर्व–पश्चिम राजमार्गसँग विराटनगर–रङ्गेली सडक जोड्ने जिल्लाकै सबैभन्दा पुरानो उत्तर–दक्षिण सडक हो ।
 



  • प्रकाशित मिति : असार २२, २०७७ साेमबार १३:५९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया