जंगली जनावर मासिरहे झनै खतरनाक महामारी फैलनसक्ने राष्ट्रसंघको चेतावनी

जंगली जनावरको शिकार गर्ने र उनीहरुलाई बासस्थानबाट लखेट्ने काम गरिरहेमा मानिसले कोरोनाभाइरसभन्दा पनि खतरनाक महामारीको सामना गर्नुपर्ने संयुक्त राष्ट्रसंघ (युएन)ले चेतावनी दिएको छ ।

पर्यावरणसँग सम्बन्धित युएनकोे इन्भाएरोमेन्ट प्रोग्राम एण्ड इन्टरनेशनल लाइभस्टक रिसर्च इन्सटिच्युटका विशेषज्ञहरुले यस्तो सुझाव दिएका हन् ।

सम्भावित खतरनाक महामारीबाट जोगिन जीवजन्तु मार्न र प्राकृतिक स्रोतसाधनको दोहन गर्न नहुने उनीहरुको सुझाव छ ।

कोरोनाभाइरस जस्ता महामारी आउनुमा पर्यावरणमा क्षति, प्राकृतिक स्रोतसाधनको अत्यधिक दोहन, जलवायु परिवर्तन र जंगली जनावरको उत्पीडन मुख्य कारण रहेको बिज्ञहरुको भनाइ छ ।

उनीहरुका अनुसार केही वर्षयता जनावर र पंक्षीबाट मानिसमा सर्ने रोग लगातार बढ्दै गइरहेको छ । 

यदि मानिसले पर्यावरण र जंगली जीवजन्तुलाई बचाएनन् भने यस्तै अन्य महामारीको सामना गर्नुपर्ने पर्यावरण र स्वास्थ्य विशेषज्ञहरुले चेतावनी छ । 





  • प्रकाशित मिति : असार २३, २०७७ मंगलबार ७:५४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया