काठमाडौं– पार्टीको ह्विप उल्लंघन गरेको आरोपमा समाजवादी पार्टीले सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । सांसद गिरी अब सांसद रहने छैनन् ।
लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।
पार्टीले सो प्रस्ताव फिर्ता लिएर सरकारले ल्याएको प्रस्तावमा मतदान गर्न निर्देशन गरे पनि गिरीले उक्त मतदान बहिस्कार गरेकी थिइन् । पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतत्वमा गठित तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।