काठमाडौं– लामो समयको लकडाउनका कारण ठप्प रहेको सार्वजनिक यातायात सञ्चालनका लागि सरकारले तयारी गरेको छ ।
मंगलबारको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि गृहकार्य गरी प्रस्ताव ल्याउन निर्देशन दिएका हुन् ।
सरकारले लककडाउन अझै लम्ब्याउने तयारी गरेको छ । सार्वजनिक यातायात नचल्दा सर्वसाधारण समस्यामा परेका कारण प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको सिसिएमसीले यससम्बन्धी विस्तृत योजना बनाएर सरकारलाई पेस गर्ने र सोही आधारमा सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको तयारी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।