जापान पढ्न जाने नेपाली कर्मचारीको छात्रवृत्ति रकम थप

काठमाडौं– जापान सरकारले जापान पढ्न जाने नेपाली कर्मचारीलाई प्रदान गर्ने छात्रवृत्ति रकम थप गरेको छ । 

जापान सरकारले सन् २०२० देखि २०२३ सम्म जापानमा अध्ययन गर्न चाहने निजामती सेवामा कार्यरत कर्मचारीलाई छात्रवृत्तिका लागि नेपाललाई ४० करोड रुपैयाँ अनुदान सहायता गरेको हो ।

सहायता सम्झौतामा अर्थ–सचिव शिशिरकुमार ढुंगाना र जापानी राजदूत साइगो मासामिचीले हस्ताक्षर गरे । सहयोग रकम आव ०७७–७८ को मानव संसाधन विकास छात्रवृत्ति परियोजना कार्यान्वयनमा खर्च हुनेछ ।

कार्यक्रम कार्यान्वयनका लागि अनुदान सम्झौतामा मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र जाइका नेपालका प्रमुख प्रतिनिधि आसाकुमा युमिकोले हस्ताक्षर गरेका छन् । 

यसअघि २०१६ देखि २०१९ को अवधिमा ८० निजामती कर्मचारीले जापानको सहयोगमा स्नातकोत्तर अध्ययन गरिसकेका छन् ।
 





  • प्रकाशित मिति : असार २४, २०७७ बुधबार १७:२०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया