शुल्क लिएर पिसिआर परीक्षण गरे कारबाही

काठमाडौं– शुल्क लिएर पिसिआर परीक्षण गर्ने स्वास्थ्यविज्ञान प्रतिष्ठानलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कारबाही गर्ने भएको छ । 

कोभिड–१९ सम्बन्धी परीक्षणको व्यवस्था सरकारको खर्चमा भइरहेको जानकारी गराउँदै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले केही स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्थानीय तहसँग शुल्क माग गरेको र उनीहरुलाई कारबाही गरिने जनाए ।

सरकारले उपत्यकाका वीर, टिचिङ र पाटन अस्पताल गरी तीनवटा सरकारी अस्पताललाई मात्र शुल्क लिएर परीक्षण गर्ने सुविधा दिएको छ । मन्त्रालयले परीक्षण शुल्क ५ हजार ५ सय रुपैयाँ तोकेको छ ।

यी अस्पतालले स्वेच्छाले परीक्षण गर्न चाहने व्यक्तिलाई शुल्क लिएर परीक्षण गर्न पाउँछन् । अहिले यी तीनवटा अस्पतालबाट ५ सयभन्दा बढी व्यक्तिले शुल्क तिरेर परीक्षण गराएका छन् । 
 





  • प्रकाशित मिति : असार २४, २०७७ बुधबार १७:४९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया