स्लोभेनियामा मेलानियाको सालिक जलाइयो

अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको काठमा बनाइएको सालिक जलाइएको छ । यो सालिक उनको गृहदेश स्लोभेनियामा थियो । 

अमेरिकी कलाकार ब्राड डाउनीले यो सालिक बनाएका थिए । उनका अनुसार नै यो अमेरिकी स्वतन्त्रता दिवसको दिन ४ जुलाइमा यो सालिक जलाइएको थियो । 

बर्लिनमा रहेका यी कलाकारले यो सालिकमाथि कसले क्षति पुर्याएको हो भन्ने थाहा नभएको बताएका छन् । उता, प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको छ ।

यो सालिक त्यहाँ सन् २०१९ को जुलाइबाट राखिएको थियो । तत्कालीन समयमा युगोस्लाभियाकै भूभाग रहेको स्लोभेनियामा नै अमेरिकी प्रथम महिला ट्रम्प जन्मिएकी थिइन् र उनी सन् १९९० को दशकमा मात्र अमेरिका गएकी थिइन् । 





  • प्रकाशित मिति : असार २५, २०७७ बिहीबार ७:८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया