राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी एक भएर बनेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा आज दर्ता भएको छ । आयोगको बुधबारको बैठकले उक्त दल दर्ता गर्ने निर्णय गरेको हो ।
राजपा र समाजवादी पार्टी एकता भएर जनता समाजवादी पार्टी गठनको निवेदनअनुसार दल दर्ता गर्ने निर्णय गरिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले फरक धारलाई बताए ।
‘जनता समाजवादी पार्टीलाई आयोगले प्रमाणपत्र दिने तयारी गरिरहेको छ’, उनले भने, ‘सकभर आजै वा नभए शुक्रबार दल दर्ताको प्रमाणपत्र प्रदान गरिने छ ।’
दुवै पार्टीका नेताहरुले ११ वैशाखमा एकताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।