नेकपा प्रवक्ता श्रेष्ठले भारतीय मिडियालाई भने, ‘बकवास बन्द गर’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नाराणकाजी श्रेष्ठले भारतीय मिडियाहरुले सीमा नाघेको बताएका छन् ।

भारतीय मिडियाले प्रधानमन्त्री केपी शर्मा ओलीका बारेमा अनर्गल प्रचार गरेकोप्रति लक्षित गर्दै उनले यस्तो बताएका हुन् ।

भर्खरै ट्विट गर्दै श्रेष्ठले भारतीय मिडियाहरुलाई बकवास बन्द गर्न चेतावनी दिएका छन् ।

‘भारतीय सञ्चार माध्यमले हाम्रो सरकार र प्रधानमन्त्रीका बारेमा गरेको अनर्गल प्रचारले सीमा नाघ्यो । हद भयो । बकवास बन्द गर’, उनले लेखेका छन्, ‘हाम्रो राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति हामी एकढिक्का छौं । विदेशीको फुटाउ र स्वार्थ पूरा गर नीति सफल हुन दिने छैनौँ । यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो ।’





  • प्रकाशित मिति : असार २५, २०७७ बिहीबार १३:४३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया