नक्कली असई बनेर १९ लाख ठगी गर्ने गिरी पक्राउ

काठमाडौं– प्रहरीले १९ लाख रुपैयाँ ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। 

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ घर भई काठमाडौं गाकर्णेश्वर ५ बस्ने २२ वर्षीय कृष्णराम गिरीलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको हो । 

गिरीले आफू प्रहरी सहायक निरीक्षक (असई) भएको र अपराध अनुसन्धान ब्युरोमा काम गर्ने बताउँदै उनले असईमा जागिर लगाइदिने प्रलोभनमा पारेर रकम ठगी गरेका थिए ।

प्रहरीले गिरीको कोठाबाट ‘नेपाल पुलिस बौद्ध, कृष्णराम गिरी, असई बौद्ध (सिआइडी केटिएम) लेखेको डायरी बरामद गरेको छ । उनले आफ्नो फेसबुकमा समेत ‘असई एट नेपाल पुलिस’ भनेर आफ्नो परिचय राखेका थिए । 





  • प्रकाशित मिति : असार २५, २०७७ बिहीबार १७:४५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया