बिदाका दिन पनि वित्तीय संस्था खोल्न निर्देशन

 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शनिवार तथा बिदाका दिन पनि खुला राख्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले क ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई असार मसान्तसम्म शनिवार तथा सार्वजनिक बिदामा समेत केन्द्रीय तथा शाखा कार्यालय पूर्णकालिन रुपमा खोल्न निर्देशन दिएको  हो ।


केन्द्रीय बैंकको निर्देशनसँगै राजस्व बुझ्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्था अव असार मसान्तसम्म पूर्णकालिन रुपमा खुल्ने छन् । राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका  शाखा कार्यालय खुला राख्न निर्देशन दिइएको राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले बताए ।

 

उनका अनुसार बैंक मात्रै होइन क्लियरिङ गर्ने नेपाल क्लियरिङ हाउससमेत खोल्न भनिएको छ । कोरोना भाइरसका कारण सरकारको राजस्व उठ्न नसकेको र सर्वसाधारणलाई सहजताका लागि बैंकहरू खुला राख्न निर्देशन दिएको राष्ट्र बैंकले बताएको छ ।





  • प्रकाशित मिति : असार २६, २०७७ शुक्रबार १६:११:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया