संसदीय समितिले भन्यो– म्यानपावर कम्पनी नवीकरणमा सहजीकरण गर

काठमाडौं– म्यानपावर कम्पनी नवीकरणमा सहजीकरण गरिदिन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले यस्तो निर्देशन दिएका हो ।

समितिले शुक्रबार यसबारे श्रम, रोजगार, तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव र म्यानपावर व्यवसायीसँग छलफल गरेको थियो । सर्वपक्षीय छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो ।

म्यानपावर व्यवसायीले प्रत्येक वर्ष कम्तीमा एक सय कामदार पठाएको प्रमाणित नभए इजाजत नवीकरण नहुने व्यवस्थाको विरोध गर्दै आएका छन् । इजाजत नवीकरणका लागि मन्त्रालयले असार मसान्तसम्मको म्याद दिएको छ । 

म्यानपावर व्यवसायीको मागअनुसार समितिले नवीकरणको म्याद सकिन चार दिनअघि नवीकरणमा सहजीकरण गरिदिन निर्देशन दिएको हो । 





  • प्रकाशित मिति : असार २६, २०७७ शुक्रबार १९:७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया