युएईले म्याद सकिएका भिसा र आइडी कार्डबारे गर्‍यो महत्वपूर्ण फैसला

संयुक्त अरब इमिरेट्स (युएई)ले कोरोनाभाइरसका कारण सिर्जित परिस्थिति र यसले पारेको असरका कारण रोकेका आफ्ना कामहरु फेरि सुचारु गर्ने भएको छ । अब उसले १२ जुलाई देखि म्याद सकिएका भिजा तथा आइडी कार्ड नवीकरणका लागि निवेदन स्वीकार गर्ने भएको छ ।

युएईको क्याबिनेटले म्याद सकिएका भिजाको वैधता बढाउने, देशको आइडी कार्ड र एन्ट्री पर्मिटबारे पनि फैसला गरेको छ । कोरोनाभाइरस संक्रमण फैलिनबाट रोक्न युएईले लगाएको प्रतिबन्धहरु पनि अब विस्तारै खुकुलो बनाउन थालिएको छ ।

त्यहाँको नागरिकता तथा पहिचान पत्र विभाग (आइसिए)ले यो फैसला हुनु अब युएई पुरानै दिनमा फर्किनु भएको बताएको छ ।





  • प्रकाशित मिति : असार २८, २०७७ आइतबार ८:५९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया