लेस्टर सिटीको लज्जास्पद हार

इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा चौथो स्थानको लेस्टर सिटीले रेलिगेसन क्षेत्रमा रहेको बर्नमाउथसँग ४– १ को लज्जास्पद हार बेहोरेको छ ।

बर्नमाउथको मैदानमा भएको खेलमा १० खेलाडीमा सीमित लेस्टरमाथि सहज जित दिलाउन घरेलु टोलीका लागि डोमिनिच सोलान्केले २, जुलियर स्टानिसलासले १ गोलको योगदान दिँदा एक गोल उपहार स्वरुप प्राप्त भएको थियो ।

पाहुना टोलीका लागि जेमी भर्डीले १ गोल गरेका थिए ।

खेलको २३ औं मिनेटमा भर्डीले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । ६६ औं मिनेटमा लेस्टरमा विलफ्रेड नडिडीले कलुम विल्सनलाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै स्टानिसलासले बर्नमाउथलाई बराबरीमा ल्याए ।

पहिलो गोल गरेको एक मिनेटमा नै घरेलु टोलीले दोस्रो गोल गरेको थियो । ६७ औं मिनेटमा सोलान्केले डिएगो रिकोको पासलाई सदुपयोग गरेका थिए ।

खेलको ६७ औं मिनेटमा लेस्टर १० खेलाडीमा सीमित भएको थियो । काग्लार सोयुन्सुले खराब व्यवहार गरेपछि रेफ्रिले उनलाई सिधै रातो कार्ड देखाएका थिए ।



८३ औं मिनेटमा जोनी इभान्सको आत्मघाती गोलको मद्दतमा बर्नमाउथ ३– १ ले अगाडि बढ्यो । ८७ औं मिनेटमा सोलान्केले व्यक्तिगत दोस्रो गोल गर्दै आप्mनो टोलीलाई ४–१ को सहज जित दिलाए ।

पराजय बेहोरेको लेस्टरले लिगको तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ । ३५ खेल खेलको उ ५९ अंक जोड्दै चौथो स्थानमा छ । जित हात पारेको बर्र्नमाउथ भने अझै पनि रेलिगेसन क्षेत्रमा छ । उ ३५ खेलबाट ३१ अंकका साथ १८ औं स्थानमा छ ।



लेस्टरको यो पराजयले च्याम्पियन्स लिग दौडमा रहेका तेस्रो स्थानको चेल्सी तथा पाँचौ स्थानको म्यानचेस्टर युनाइटेडलाई फाइदा पुगेको छ । समान खेल खेलेको चेल्सीको ६० अंक छ ।

एक खेल कम खेलेको युनाइटेडको ५८ अंक छ । यो नतिजाले युनाइटेडलाई तेस्रो स्थानमा उक्लिने अवसर पनि प्रदान गरेको छ । यदि, युनाइटेडले आज हुने खेलमा साउथह्याम्टनलाई पराजित गर्न सकेको खण्डमा ६१ अंकको साथमा तेस्रो स्थानमा उक्लिने छ ।

गएराति नै भएका अन्य खेलमा वुल्भ्सले इभर्टनमाथि ३–० , एस्टन भिल्लाले क्रिस्टल प्यालेसमाथि २–० तथा टोटनहमले  आर्सनलमाथि २–१ को जित दर्ता गरे ।
 

  • प्रकाशित मिति : असार २९, २०७७ साेमबार ७:३६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया