महासंघको चुनावका लागि चन्द्र ढकालको प्यालन घोषणा
ढकालका तर्फबाट वस्तुगत उपाध्यक्षमा श्रेष्ठ तथा एशोसिएट उपाध्यक्षमा संघई


नेपाल उद्योग वाणिज्य महासंघको आगामी चुनावका लागि व्यवसायी चन्द्र ढकालले   वरिष्ठ उपाध्यक्षसहितका पदमा प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । यो प्यानलबाट ढकाल वरिष्ठ उपाध्यक्ष पदको उम्मेदवार हुने बुधबार आयोजित कार्यक्रममा घोषणा गरेका हुन् ।

 

ढकाल समूहले बुधबार प्यानलसहितको उम्मेदवारी घोषणा गर्दै आफ्नो प्यानल विजयी हुने दावी गरेको छ । ढकाल हाल महासंघको उपाध्यक्ष छन् । ढकाल समूहबाट जिल्ला–नगर उपाध्यक्षमा गुणनिधि तिवारी  उठ्दैछन् । उनी हाल महासंघको प्रदेश ५ कमिटीको अध्यक्ष छन् ।

 

वस्तुगत उपाध्यक्षमा भने वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ नै दोहोरिने भएका छन् । यसैगरी एशोसिएट उपाध्यक्षमा ढकाल समूहले रामचन्द्र संघईलाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।

 



हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अर्को प्यानललाई सहयोग गर्न खोजेको भन्नेतर्फ संकेत गर्दै ढकालले चुनाव जितेर गोल्छाकै टिमको सदस्य हुने बताए । 

 



वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्नुपर्छ भन्ने पक्षमा आफू उभिएको भन्दै उनले आफूले यस विषयमा नलागेको भए अवस्था फरक हुने बताए । गोल्छाले वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार किशोर प्रधान समूहलाई समर्थन गर्ने संकेत गरिसकेका छन् । ढकालले भने गोल्छालाई विगत सम्झन भनेका छन् ।

  • प्रकाशित मिति : असार ३०, २०७७ मंगलबार १४:३४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया