सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारबाट ६ नाट्यकर्मी सम्मानित

काठमाडौं– सरकारले नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७६ द्वारा विभिन्न श्रष्टालाई सम्मान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज सिंहदरबारमा एक कार्यक्रमबीच वरिष्ठ नाटककर्मीहरु रामहरि गुरुङ, हस्तबहादुर थापा, प्रचण्ड मल्ल, कुमार बस्नेत, नीर शाह र नारायणदेवी प्रधानलाई पुरस्कृत गरेको हो । 

पुरस्कारको राशि जनही रु एक लाख र ताम्रपत्र रहेको छ । ती सबै पुरस्कार पर्यटनमन्त्री भट्टराईले समर्पण गर्दै नेपाली नाट्य सङ्गीत क्षेत्रको प्रवद्र्धनका निम्ति पुरस्कारले हौसला प्रदान गर्ने विश्वास व्यक्त गरे ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनमा भएको उक्त कार्यक्रममा मन्त्री भट्टराईले विभिन्न स्रष्टाहरूको योगदानलाई कदर गर्दै स्थापना भएको पुरस्कार विभिन्न स्रष्टा तथा व्यक्तित्वहरूलाई प्रदान गरिएको बताए ।

उनले मुलुकको सांस्कृतिक रुपान्तरणमा स्रष्टाहरुले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि थप सक्रियताका देखाउन आग्रह गरे । कला, संस्कृतिको संरक्षण प्रवर्द्धनका निम्ति मन्त्रालयले विशेष ध्यान दिएको पनि मन्त्री भट्टराईको भनाइ थियो ।
 





  • प्रकाशित मिति : असार ३०, २०७७ मंगलबार २१:१२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया