शेखरले भने– कम्तिमा एक वर्ष अब सिनेमा घर खुल्दैनन्

बलिउडमा नाम चलेका निर्माता हुन्, शेखर कपुर । कोरोनाभाइरसका कारण लगाइएको लकडाउन र यसले पारेको प्रभावका कारण अहिले भारतमा पनि अन्य देशमा जस्तै सबै फिल्महलहरु बन्द छन् । 

अब विस्तारै कलाकारहरु काममा फर्किन थालेका छन् । यहीबीच बलिउड निर्माता शेखर कपुरले अब एक वर्षसम्म फिल्महरु नखुल्ने बताएका छन् ।

ट्विटरमा एक स्टाटस लेख्दै शेखर कपुरले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘कम्तिमा पनि एक वर्ष अब थिएटरहरु खुल्ने छैनन् । अब त १ करोड व्यापार गर्ने भन्ने जुन हाइप थियो, त्यो बन्द हुनेछ ।’





  • प्रकाशित मिति : असार ३०, २०७७ मंगलबार २२:४१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया