जापानको अर्थतन्त्र  ४ दशमलव ७ प्रतिशतले खुम्चने प्रक्षेपण

सन् २०२१ को मार्चसम्ममा जापानको अर्थतन्त्र करीब ४ दशमलव ७ प्रतिशतले खुम्चने जापानको केन्द्रीय बैंकले बताएको छ । बैंकले सन् २०२२ मा अर्थतन्त्रमा सुधार भए पनि गहिरो अनिश्चितता कायम रहने पूर्वानुमान समेत गरेको छ ।     
     
जापानका नीति निर्माताले अर्थतन्त्रमा ५ दशमलव ७ देखि ४ दशमलव ५ प्रतिशतसम्म गिरावट आउने बताउँदै आएका थिए । केन्द्रीय बैंकले कोरोना भाइरसको दोस्रो लहर आउने खतरा रहेकाले अहिल्यै पूर्वानुमान गर्न कठिन रहेको पनि उल्लेख गरेको छ ।     
     
‘जापानको अर्थतन्त्र यस वर्षको मध्यपछि सुधार हुन सक्ने देखिएको छ,’ बैंक अफ जापानले बुधवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘तर कोरोनाभाइरस नियन्त्रणमा नआए आर्थिक वृद्धिको दर सामान्य मात्र हुनेछ ।’     
     
बैंकले विश्व अर्थतन्त्र निरन्तर सुधारको क्रममा हुने अपेक्षा गरिएको बताउँदै जापानको कूल गार्हस्थ्य उत्पादन ३ दशमलव ३ प्रतिशत मात्र हुने बताएको छ । तर, अस्थिरता व्यापक रहेकाले अहिल्यै अर्थतन्त्रको परिस्थिति आँकलन गर्न कठिन रहेको बैंकको भनाइ छ ।     
     
जापानको अर्थतन्त्रलाई सुदृढ बनाइराख्न केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत सम्बोधन गर्ने प्रयास पनि गरिरहेको बताएको छ ।
 





  • प्रकाशित मिति : असार ३१, २०७७ बुधबार १५:५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया