दोहोरो अंकले बढेको बजारमा अर्बमाथिको कारोबार

बुधवार नेप्से परिसूचक १४ दशमलव ९० अंक बढेको छ । आर्थिक वर्षको अन्तिम दिन नेप्से १ हजार ३६२ दशमलव ३४ विन्दुमा पुगेर बन्द भएको हो । यस दिन नेप्से १ दशमलव ११ प्रतिशत बढेको छ ।


बुधबार  १८९ कम्पनीको ३२ लाख १२ हजार ९२४ कित्ता सेयर कारोबार हुँदा १ अर्ब १६ करोड ४ लाख ९१ हजार रुपैयाँबराबरको कारोबार भएको छ । 
बुधबार सेन्सेटिभ इन्डेक्स ४ दशमलव शून्य ६ अंकले बढेको छ  । सबै भन्दा बढी रकमको कारोबार गर्नेमा एनआइसी एशिया बैंक अग्र स्थानमा  छ भने दोस्रोमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ ।

 

बुधबार एनआइसी एशिया लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य  ४८ रुपैयाँले बढेको छ । त्यस्तै नबिल व्यालेन्स फण्ड–२ को इकाई मूल्य पनि ९ दशमलव ६३ प्रतिशत वृद्धि भएको छ भने वेष्ट फाइनान्स कम्पनीको सेयरमूल्य ९ दशमलव शून्य ९ प्रतिशत बढेको छ ।


कोरोना संक्रमणका कारण अन्य आर्थिक क्षेत्रहरु सिथिल भएको अवस्थामा नेपालको पूँजीबजार भने यसको प्रभावबाट विस्तारै माथि उठ्न थालेको विश्लेषकको भनाइ छ । लकडाउनका बीच कारोबार भएको पहिलो साता नकारात्मक सर्किट लागे पनि पछिल्लो समय बजार सकारात्मक दिशातर्फ लागेको विश्लेषक बताउँछन् । 

 



यस दिन ९१ ओटा कम्पनीको सेयरमूल्य बढेको छ भने ७५ ओटा कम्पनीको सेयरमूल्य घटेको छ । मिथिला लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सबैभन्दा बढी घटेको छ । 

 



बैंकिङ समूहको २ दशमलव १६ प्रतिशत, व्यापारिक समूहको १ दशमलव ५ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव ४१ प्रतिशत, जलविद्युत समूहको शून्य दशमलव ५१ प्रतिशत, वित्त समूहकोे शून्य दशमलव ५७ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव १४ प्रतिशत, अन्य समूहको १ दशमलव ४२ प्रतिशत र म्युचुअल फण्ड समूहको २ दशमलव १ प्रतिशत परिसूचक बढेको छ ।

 

त्यस्तै, होटल समूहको ३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ९५ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ४ प्रतिशत र जीवन बीमा समूहको शून्य दशमलव ५३ प्रतिशत परिसूचक घटेको छ । 
 

  • प्रकाशित मिति : असार ३१, २०७७ बुधबार १५:५१:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया