ओली दाहाल वार्ताले अझै सार्थकता पाएन, बिहीबार पुनः छलफल हुने

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको विवाद साम्य गर्न भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच निरन्तर संवाद भइरहेको छ । तर, दुई अध्यक्षबीचको संवाद निष्कर्षमा पुग्न भने सकेको छैन । 

सोही सिलसिलामा बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको ३ घण्टा लामो वार्ता पनि विनानिष्कर्ष टुंगिएको छ । यसअघि पनि पटक–पटकका वार्तामा नेकपा विवादबारे छलफल भए निष्कर्षविहीन बनेको थियो । 

नेकपा स्थायी कमिटीका बहुमत सदस्यसहित शीर्ष नेताले अध्यक्ष ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपाभित्रको विवादले उग्र रुप लिएको थियो ।

नेकपाले साउन २ गतेका लागि स्थायी कमिटीको बैठक बोलाएको छ । सो बैठकअघि नै दुई अध्यक्षले सहमति जुटाउने प्रयास गरे पनि छलफलले सार्थकता पाउन सकेको छैन ।  

बुधबारको बैठकको सुरुमा दुई अध्यक्षका एक–एकजना प्रतिनिधि पनि सहभागी थिए । ओलीका तर्फबाट महासचिव विष्णु पौडेल र दाहालका तर्फबाट स्थायी कमिटी सदस्य जनार्दन शर्मा बैठकमा केहीबेर सहभागी थिए । 

पछि दुई अध्यक्षबीच वान टु् वान छलफल भएके थियो । आजको बैठकमा पनि कुरो नमिलेपछि दुई अध्यक्षबीच बिहीबार पुनः छलफल हुने बताइएको छ ।





  • प्रकाशित मिति : असार ३१, २०७७ बुधबार १६:२४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया