काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई फोन गरेर यातायात मजदुरको गुनासो सुनुवाइ गर्न आग्रह गरेका छन् ।
सरकारले सार्वजनिक यातायात चलाउने वातावरण नबनाएको गुनासो लिएर तीनवटा यातायात मजदुर संगठनका नेताले बुधबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए ।
उनीहरुको गुनासो सुनेपछि देउवाले समस्या समाधान गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए । पूर्वप्रधानमन्त्री देउवाको आग्रहपछि प्रधानमन्त्री ओलीले बिहीबर समय मिलाउने बताएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।