महिला आयोगमा पदाधिकारी नियुक्त गर्न संसदीय समितिको निर्देशन

काठमाडौं– राष्ट्रिय महिला आयोगमा शीघ्र पदाधिकारी नियुक्त गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संसदको महिला तथा सामाजिक समितिले तत्काल पदाधिकारी नियुक्त गर्न निर्देशन दिएको हो ।

लामो समयदेखि पदाधिकारीविहिन हुँदा नीतिगत कामहरु समेत गर्न समस्या भएको उल्लेख गर्दै समितिले अध्यक्षलगायत पदाधिकारी नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

समितिले आवश्यक समन्वय गर्न महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ । पदाधिकारी अभावमा लैगिंक समानता, महिला सशक्तिकरण एवं लैगिंक न्यायको लागि बहुआयामिक दृष्टिकोणबाट कार्यसम्पादन नभएको समितिको ठहर छ । 

समितिले घरेलु श्रमको मूल्यलाई मापन गरी राष्ट्रिय आयमा महिलाको योगदानको गणना र कुल गार्हस्थ उत्पादनमा गणना गर्ने व्यवस्था मिलाउन पनि सरकार, महिला, बालकाल मन्त्रालय, राष्ट्रिय महिला आयोग र केन्द्रीय तथ्याङ्क विभागलाई निर्देशन दिएको छ ।

संवैधानिक आयोगहरु भाडाका घरमा बसिरहेका कारण ठूलो रकम खर्च भएकाले सरकारी स्वामित्वमा रहेका खाली भवनमा सार्न समितिले सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । 





  • प्रकाशित मिति : असार ३१, २०७७ बुधबार १८:२८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया