नेकपा विवाद मिलाउन वालुवाटारमा त्रिपक्षीय वार्ता सुरु, आज नेता नेपाल पनि सामेल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक द्धन्द्ध समाधानका लागि त्रिपक्षीय वार्ता सुरु भएको छ । वार्ता केही समयअघि प्रधानमन्त्री निवास वालुवाटारमा सुरु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले वान टु वान वार्ता गर्ने भनेपछि पछिल्ला केही छलफल दुई नेतामा मात्र सीमित भएको थियो । तर, आज वरिष्ठ नेता माधव नेपाल पनि थपिएका छन् ।

प्रधानमन्त्री निवास वालुवाटारमा तीन नेताहरु बीच छलफल सुरु भएको वालुवाटार स्रोतले जनाएको छ । 

बुधबारको बैठकमा अध्यक्ष प्रचण्डले नेता नेपालसहित छलफलमा जुट्न आग्रह गरेका थिए । त्यसपछि छलफलका लागि नेपाल गएका हुन् ।

नेकपाका अध्यक्षसँगै प्रधानमन्त्री पदबाट पनि ओलीको राजिनामा मागेपछि नेकपाभित्रको अन्तरद्धन्द्ध ह्वात्तै बढेर गएको हो । 

ओलीविरुद्ध अध्यक्ष दाहालसहित, नेता नेपाल, झलनाथ खनालसहितको टोली सक्रिय छ । जसका कारण नेकपाको स्थायी समिति बैठकसमेत पटक पटक स्थगित हुन पुगेको छ । 



समस्या समाधानका लागि दुई अध्यक्षबीच धेरैपटक छलफल भए पनि कुनै निष्कर्ष निस्किएको छैन ।
 



  • प्रकाशित मिति : साउन १, २०७७ बिहीबार १२:२३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया