सरकारविरुद्ध प्रतिरक्षात्मक तथा प्रतिरोधात्मक कारबाही थाल्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध प्रतिरक्षात्मक तथा प्रतिरोधात्मक कारबाही थाल्न कार्यकर्तालाई निर्देशन दिएको छ । महासचिव विप्लवले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो निदेर्शन दिएका हुन् । 

बुधबार प्रहरीले सो पार्टीका तीन ठूला नेतालाई गिरफ्तार गरेको थियो । प्रहरीले सो पार्टीका केन्द्रीय सदस्य तथा सेती–महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुन, सेती–महाकाली ब्युरो सदस्य तथा क्रान्तिकारी महिला संघकी केन्द्रीय सदस्य पूर्णिमा धामी र मेची–कोसी ब्युरो सदस्य जोखिमलाई गिरफ्तार गरेको थियो । 

त्यसको प्रतिक्रियास्वरुप विप्लवले प्रतिरक्षात्मक तथा प्रतिरोधात्मक करबाही थाल्न निर्देशन दिएका हुन् ।

विज्ञप्तिमा पुन, धामी र जोखिमलाई विनासर्त रिहाइको माग गरिएको छ । 

 





  • प्रकाशित मिति : साउन १, २०७७ बिहीबार २१:११:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया