एन्फाका पूर्वअध्यक्ष थापाले पत्रकार तिमल्सिनामाथि गरेको अभद्र व्यवहारप्रति मञ्चको भत्र्सना

नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य तथा हाम्रो खेलकुद डट कम सम्पादक प्रकाश तिमल्सिनामाथि अखिल नेपाल फुटबल संघ –एन्फा) पूर्वअध्यक्ष गणेश थापा र उनका छोरा अभिषेक थापाले गरेको व्यवहारप्रति नेपाल खेलकुद पत्रकार मञ्चले भत्र्सना गरेको छ । मञ्चले आज प्रेस बिज्ञप्ति जारी गर्दै यसको भत्र्सना गरेको हो ।

‘०७७ साउन १ गते समाचार संकलनका क्रममा एन्फाका पूर्वअध्यक्ष गणेश थापा र उनका छोरा अभिषेक थापाले नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य तथा हाम्रो खेलकुद डट कमका सम्पादक प्रकाश तिमल्सिनामाथि अभद्र व्यवहार गरेका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘समाचार संकलननका क्रममा पत्रकारमाथि भएको यस्तो दुव्र्यवहारप्रति मञ्भ भत्र्सना गर्दछ ।’

समाचार संकलनका लागि शुक्रबार साँझ फोनमार्फत कुरा गर्ने क्रममा थापाले गाली–गलौज सहित अभद्र व्यवहार गरेको तथा उनका छोराले आफ्नो कार्यालयमा नै आएर वादविवाद गरेको पत्रकार तिमल्सिनाले बताएका छन् ।

थापा र उनका छोराको व्यवहारप्रति मञ्चले नेपाल सरकार, अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ, एसियाली खेलकुद पत्रकार महासंघको समेत ध्यानकर्षण गराएको छ ।

‘यस घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि समेत गम्भीर प्रहार भएको छ’, बिज्ञप्तिमा भनिएको छ ।


 





  • प्रकाशित मिति : साउन ३, २०७७ शनिबार ८:४८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया