काठमाडौंमा दिउँसै लुटियो दुई बालिकाको कानका मुन्द्रा

काठमाडौंको कपुरधारा नजिकै दुईजना बालिकाले कानमा लगाएको सुनको मुन्द्रा दिउँसै लुटिएको छ ।

काठमाडौं महानगरपालिका–२६ गल्कोपाखास्थित बागमती ड्राइभिङ सेन्टर नजिकबाट दुबै बालिकाको कानबाट मुन्द्रा शनिबार दिउँसो लुटिएको हो ।

उनीहरू दुवैले लगाएको करिब १ तोला बराबरका मुन्द्रा लुटिएको काठमाडौं प्रहरीले जजाएको छ । ती दुबै बालिका कपुरधारा क्षेत्रकै निवासी हुन् ।

लुटमा अन्दाजी ३५ वर्षीय महिलाको संलग्ननता देखिएको पनि प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ती महिलाले बालिकाहरूलाई फकाएर गल्लीमा लगेर मुन्द्रा झिकेर भागेकी थिइन् । ती महिलाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : साउन ५, २०७७ साेमबार ८:४५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया