चलचित्र ‘ठोरीको अयोध्या’लाई दर्शकले नरुचाएपछि ओली अर्को पटकथा रच्दैछन् : रामकुमारी झाक्री

सत्तारुढ नेकपाभित्र अहिले चरम विवाद छ । यसलाई लिएर धेरै नेता–कार्यकता विभाजित छन् । कति भित्र–भित्रै कुनै पक्षमा लागेका भए पनि बाहिर भने मौन छन् । तर, केही भने पार्टीभित्रको विवादलाई छताछुल्ल हुनेगरी सामाजिक सञ्जालमा पोखिरहेका छन् ।

नेकपाकी युवा नेतृ रामकुमारी झाक्री पनि यो मामिलामा अगाडि छिन् । उनी पार्टी नेत्तृत्वप्रतिको असन्तुष्टिलाई खरलेरै सामाजिक सञ्जालमा पोख्छिन् ।

यसैबीच, झाक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै ट्विटरमा कडा टिप्पणी गरेकी छिन् ।

ओलीलाई कटाक्ष गर्ने क्रममा झाक्रीले भारतीय मिडियाले प्रधानमन्त्री ओली र चिनियाँ राजदूत होउ यान्छीको सम्बन्धलाई लिएर गरेको प्रोपोगान्डालाई समेत सहारा लिएकी छिन् ।

साथै, उनले ओलीको पछिल्लो चलचित्र ‘ठोरीको अयोध्या ’लाई दर्शकले खासै नरुचाएपछि मंसिरमा महाधिवेशन गर्ने भनेर पटकथा रचिएको बताएकी छिन् ।

मंसिरको पटकथा पनि नजमेपछि ओली फेरि जबज रिलिज गर्न लागेको झाक्रीको आरोप छ ।    



‘इस्कियाको अपार सफलतापछि आएको नेपाली कथानक चलचित्र ठोरीको अयोध्या दर्शकले खासै रूचाएनन्, दुई दिनमा नै उत्रियो ।’, उनले लेखेकी छिन्, ‘महाधिवेशन मंसिरको पटकथा खासै जमेन । अब जबज रिलिज हँुदैछ, हेरौ दर्शकको मन कति जित्न सक्छ ?’

नेतृ झाक्रीको यो टिप्पणीप्रति अधिकांश ओली समर्थकले आपत्ति जनाएका छन् । पार्टीले झाक्रीलाई कारवाही गर्नुपर्ने उनीहरुले माग छ ।  



  • प्रकाशित मिति : साउन ६, २०७७ मंगलबार ८:२१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया