आइसिसी बरियतामा वेन स्टोकको छलाङ

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले निकालेको नयाँ टेस्ट बरियातामा  इङ्गल्याण्डका वेन स्टोकले ठूलो छलाङ लगाएका छन । उनी टेस्ट बरियाताको अलराउण्डरतर्फ पहिलो तथा ब्याटिङतर्फ तेस्रो स्थानमा उक्लिएका हुन् ।

स्टोक अलराउण्डरतर्फ ४९७ रेटिङ प्वाइन्टका साथ दोस्रो स्थानबाट पहिलो स्थानमा उक्लिएका हुन् ।

वेस्ट इण्डिजका कप्तान जेसन होल्डर ४५९ रेटिङ प्वाइन्टका साथ दोस्रो स्थानमा रहँदा भारतका रवीन्द्र जडेजा ,अष्ट्रेलियाका मिचेल स्टार्च, भारतका रविचन्द्र अश्विन, न्यूजिल्याण्डका कोलिन डि ग्रान्डहोम, अष्ट्रेलियाका प्याट कमिन्स, वेस्ट इण्डिजका रोस्टन चेस, इङ्गल्याण्डका क्रिस वोक्स तथा न्यूजिल्याण्डका टिम साउथी क्रमश : तेस्रोदेखि १० औँ स्थानमा छन् ।

ब्याटिङतर्फ भने स्टोक ठूलो फड्को मार्दै १० औं बाट तेस्रो स्थामा उक्लिएका छन् । उनले ८२७ रेटिङ प्वाइन्ट पाएका छन् ।

अष्ट्रेलियाका स्टिभ स्मिथ ९११ रेटिङ प्वाइन्टका साथ पहिलो स्थानमा रहँदा भारतका कप्तान विराट कोहली ८८६ रेटिङ प्वाइन्टका साथ दोस्रो स्थानमा छन् ।

अष्ट्रेलियाका मार्नस लाबुसेन, न्यूजिल्याण्डका कप्तान केन विलियम्सन, पाकिस्तानका बावर आजम, अष्ट्रिेलियाका डेविड वार्नर, भारतका चेतेश्वर पुजारा, इङ्गल्याण्डका कप्तान जो रुट तथा भारतका अजिंक्य रहाणे क्रमश : चांैथोदेखि १० स्थानमा छन् ।



बलिङतर्फ स्टोक ६०२ रेटिङ प्वाइन्टका साथ २३ औँ स्थानमा छन् ।

अष्ट्रेलियाका प्याट कमिन्स ९०४ रेटिङ प्वाइन्टका साथ पहिलो स्थानमा रहँदा न्यूजिल्याण्डका निल वाग्नर ८४३ रेटिङ प्वाइन्टका साथ दोस्रो स्थानमा छन् ।



वेस्ट इण्डिजका कप्तान जेसन होल्डर, न्यूजिल्याण्डका टिम साउथी, दक्षिण अफ्रिकाका कगिसो रावडा, अष्ट्रेलियाका मिचेल स्टार्च, भारतका जसप्रित बुमराह, न्यूजिल्याण्डका ट्रेन्ट बोल्ट, अष्ट्रेलियाका जोस हेजलउड तथा इङ्गल्याण्डका स्टुअर्ट ब्रोर्ड क्रमश : तेस्रोदेखि १० औँ स्थानमा छन् ।

  • प्रकाशित मिति : साउन ७, २०७७ बुधबार ७:२६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया