हात हल्लाउँदै कारागारबाट बाहिरिए रञ्जन कोइराला, प्रतिक्षामा प्रेमिका
कोइरालाको प्रतिक्षामा कारगार परिसरमा कारमा बसिरहेकी प्रेमिका तारा रेग्मी । तस्बिर :सामाजिक सञ्जाल

श्रीमती हत्या अभियोगमा जेल परेका सशस्त्र प्रहरीका पूर्वडिआइजी रन्जन कोइराला आज जेलमुक्त भएका छन् । उनी ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेर जेलमुक्त भएका हुन् ।

कोइराला हात हल्लाउँदै डिल्लीबजार कारागारबाट बाहिरिँदा उनकी प्रेमिका तारा रेग्मी बाहिर प्रतिक्षा गरिहेकी थिइन् ।

कोइरालाको यस रिहाइलाई सामाजिक सञ्जालमा धेरेले आलोचना गरिहेका छन् ।

एक जना ट्विटर प्रयोगकर्ताले लेखेका छन्, ‘श्रीमतीको हत्यारा जेलबाट छुट्दा गणतन्त्रको योद्धा छुटे जसरी हात हल्लाउँदै बाहिरिन्छ । हत्याकाण्ड मच्चाउन प्रेरित गर्ने महिला उसको स्वागतमा कारागारको गेटमा कार लिएर पुग्छिन् । समाजमा नयाँ मानक बनेको हो ?’

सर्वोच्च अदालतले १५ असारमा कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो । श्रीमती गीता ढकालको हत्या गरेको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले सजाय घटाउने फैसला गरेको थियो ।
 





  • प्रकाशित मिति : साउन ८, २०७७ बिहीबार १२:४८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया