निर्मला पन्त हत्याको थप छानबिनका लागि सिआइबीले डिएसपीलाई कञ्चनपुर पठाउने

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक (डिएसपी) र अर्का एकजना सहयोगी कञ्चनपुर पठाउने भएको छ ।

यस सम्बन्धमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले केन्द्रीय अनुसन्धान ब्युरो र सुदूरपश्चिम प्रदेश प्रहरीलाई निर्देशन​ दिएका छन् । महानिरीक्षक थापाले मंगलबार अनुसन्धान ब्युरोका डिआइजी सहकुल थापा र सुदूरपश्चिम प्रहरी प्रमुख उत्तमराज सुवेदीलाई निर्मला हत्या प्रकरणको टुंगो लगाउन निर्देशन दिएका हुन् । 

महानिरीक्षकको निर्देशनपछि सिआइबीले डिएसपी र अर्का एकजना प्रहरीलाई अनुसन्धानका लागि कञ्चनपुर पठाउन लागेको हो । २०७५ साउन १० गते बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा पत्ता लगाएर कारबाही गर्न माग गर्दै देशभर आन्दोलन भएको थियो । 





  • प्रकाशित मिति : साउन ८, २०७७ बिहीबार १८:१८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया