तत्कालीन डिआइजी कोइरालाविरुद्ध पुनरावलोकन निवेदन दर्ता

काठमाडौं– पत्नी हत्या अभियोगमा आठ वर्ष कैद सजाय भोगेर बिहीबार मुक्त भएका तत्कालीन डिआइजी रन्जन कोइरालाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकनको निवेदन दर्ता गरेको छ । 

कोइरालालाई जन्मकैद हुनुपर्ने माग गर्दै महान्यायाधिवक्ता कार्यालयले बिहीबार सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको हो । 

कोइरालालाई जिल्ला अदालतले सर्वस्वसहित जन्मकैद गर्ने फैसला गरेको थियो । सो फैसलालाई उच्च अदालतले पनि सदर गरेको थियो । त्यसविरुद्ध कोइरालाले सर्वोच्चमा पुनरावेदन गरेका थिए । 

सो रिटमा सुनुवाइ गर्दै सवोच्चले उनको कैद छुट गरेको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कोइरालाको कैद छुट गरेको हो ।

महान्याधिवक्ता कार्यालयले दर्ता गरेको पुनरावलोकन निवेदनमा सर्वोच्चले १८८ नम्बर गलत रुपमा प्रयोग भएको दाबी गरिएको छ ।





  • प्रकाशित मिति : साउन ८, २०७७ बिहीबार १८:५६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया