कोरोना संक्रमित बढेपछि वीरगन्जमा अनिश्चितकालीन निषेधाज्ञा

कोरोना संक्रमितको संख्या बढ्न थालेपछि वीरगन्जमा प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । यो निषेधाज्ञा शनिबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि यो निषेधाज्ञा जारी गरिएको हो ।

पछिल्ला दिनमा वीरगन्जमा संक्रमितको संख्या बढ्दै गएपछि निषेधाज्ञा लगाउनु पर्ने माग उठ्न थालेको थियो । शुक्रबार यही विषयमा विभिन्न दलका प्रतिनिधिसँग छलफल गरेपछि प्रशासन यो निर्णयमा पुगेको हो ।

योसँगै अब वीरगन्जमा शनिबारबाट अत्यावश्यक क्षेत्रबाहेक अन्य सबै क्षेत्र बन्द हुने भएका छन् । 
 





  • प्रकाशित मिति : साउन ९, २०७७ शुक्रबार १५:५२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया