जलाउन चितामा राखेको शव प्रहरीले नियन्त्रणमा लिएपछि...

घटना धनुषा जिल्लाको हो । बटेश्वर गाउँपालिकाको बडरी खोलामा दाहसंस्कार गर्न एक वृद्धको शव चितामा राखिसकिएको थियो । सोही बीच प्रहरी आयो र शव नियन्त्रणमा लियो ।

प्रहरीले शनिबार दिउँसो नियन्त्रणमा लिएको उक्त शव बटेश्वर -२ का ८० वर्षीय रामविलास ठाकुरको थियो ।

वृद्धको हत्या भएको सूचना स्थानीयले दिएपछि शव नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

प्रहरी निरीक्षक पप्पु नायकका अनुसार कुटपिट गरी ठाकुरको हत्या गरेको र अपराध लुकाउन हतार हतार शव जलाउन लागेको सूचना स्थानीयले प्रहरीलाई दिएका थिए ।

तर, मृतकका परिवारले भने शुक्रबार राति लडेर गम्भीर घाइते भएपछि उपचारका लागि स्थानीय क्लिनिकमा लगेको र उपचारकै क्रममा मृत्यु भएको दावी गरेका छन् ।

नियन्त्रणमा लिइएको शव पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पु¥याइएको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : साउन ११, २०७७ आइतबार ८:२०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया