एम्बाप्पेको चोट गम्भीर, च्याम्पियन्स लिग गुमाउने सम्भावना

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)का युवा स्ट्राइकर केलियन एम्बाप्पेको दायाँ खुट्टामा लागेको चोट गम्भीर रहेको क्लबले जनाएको छ ।

एम्बाप्पले गते शुक्रबार कप डे फेन्चको फाइनलमा सेन्ट एटिएनविरुद्धको खेलमा लेइस पेरिनले खराब ट्याकल गरेपछि एम्वाप्पेले खुट्टामा चोट बाकेका हुन् ।

सो खेलमा पिएजीले एटिएनमाथि १–० को जित निकाल्दै उपाधि आफ्नो नाममा गराएको थियो ।

एम्बाप्पेको चोट गम्भीर रहेकाले ७२ घण्टा डाक्टरहरुको निगरानीमा राखिने क्लबले जनाएको छ । यो चोटसँगै एम्बाप्पेले फेन्च लिग कपको फाइनल तथा च्याम्पियन्स लिगका बाँकी खेल गुमाउने सम्भावना बढेको छ ।

पिएसजीले फेन्च लिग कपको फाइनलअन्गर्तत जुलाई ३१ मा लियोन तथा अगस्ट १२ मा च्याम्पियन्स लिगको क्वाटर फाइनलमा एटलान्टासाग प्रतिस्पर्धा गर्नेछ ।




 



  • प्रकाशित मिति : साउन ११, २०७७ आइतबार १३:४८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया