फेसबुक ह्याक गरेर ठगी गर्ने युवा समातिए

फेसबुक आइडी ह्याक गरेर ठगी गरेको आरोपमा २३ वर्षीय साविर आलमलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले जिल्ला प्रहरी कार्यालय सुनसरीसँगको समन्वयमा उनलाई सुनसरीको दुहवीबाट पक्राउ गरिएको हो ।

सुनसरीको दुहवी शाखाको एउटा बैंकमा पैसा निकाल्न जाँदा पक्राउ परेका साविरले ७५ हजार ठगेको उजुरी परेको छ ।

प्रहरीका अनुसार साविरले फेसवुक ह्याक गरेर सो आइडी चलाउनेको आफन्तसँग आफू ठूूलो समस्यामा परेकाले तुरुन्तै पैसा पठाइदिन भनेर म्यासेज गर्ने गर्थे । त्यसपछि आइडीवालाका आफन्त पैसा पठाउन राजी भएपछि उनले आफ्नै खातामा डिपोजिट गर्न लगाउँथे । 

ठगेको आरोपमा जनकपुरमा कुरियर चलाउने धीरज शाहलाई समेत प्रहरीले पक्राउ गरेको  छ ।

उनले सञ्चालन गरिहेको साविज कुरियरले ८ जनाबाट ३ लाख २५ हजार ठगेकोे प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
 





  • प्रकाशित मिति : साउन १२, २०७७ साेमबार ९:१०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया