एनआईसी एशिया बैंकले ल्यायो आफैले अनलाइनबाट खाता खोल्न सकिने सुविधा


‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ नाराका साथ सञ्चालित एनआइसी एशिया बैंकले समय अनुरुप परिष्कृत सेवा तथा सुविधा ल्याउने क्रमलाई निरन्तरता दिँदै ग्राहकले बैंकको शाखा पुगेर डिजिटल माध्यमबाट बचत खाता खोल्न मिल्ने ‘डिजिटल एकाउन्ट ओपनिङ’ प्रणालीको सुरुवात गरेको छ । 


ग्राहकले बैंकले ल्याएको नयाँ प्रणालीमार्फत भौतिक फारमको सट्टा खाता खोल्नका लागि आवश्यक आफ्नो विवरण, फोटो, औँठाछाप, हस्ताक्षरलगायत विवरणहरू डिजिटल प्रणालीबाटै भरी बचत खाता सहज तरिकाले खोल्न सक्ने बताइएको छ । 


नयाँ प्रणालीमार्फत सेवाग्राहीले चमत्कारिक सुविधाहरूले भरिपूर्ण नौ वटा न्यू प्रिमियम सुपर चमत्कारिक खाता योजनामध्ये आपूmले इच्छाएको खाता छनौट गरी बिना झन्झट डिजिटल रुपमा खाता खोल्न सक्ने बैंकले जनाएको छ । कम्प्युटरमा दक्षता नपुगेका ग्राहकका निम्ति बैंककै कर्मचारीहरूको सहयोगमा डिजिटल रुपमा खाता खोल्न सकिने व्यवस्था गरेको समेत बैंकले जानकारी दिएको छ । यो सुविधाका लागि बैंकले देशभरका शाखा कार्यालयमा छुट्टै डिजिटल लबीको व्यवस्था गरेको छ ।


आफ्ना सेवालाई डिजिटल बनाउने क्रममा यो प्रणालीको विकास गरी नवीनतम सुविधा ल्याएको बैंकले जनाएको छ । यसरी खाता खोल्दा ग्राहक महानुभावलाई लामो फारम भर्ने तथा आफ्नो पालो कुरेर बस्ने झन्झटबाट मुक्ति मिल्ने बैंकको विश्वास छ ।


बैंकले यसअघि ‘आई सर्भिस’ प्रणालीमार्फत सेवाग्राहीले घर वा अफिसबाट आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी आफ्नो वा आफुले चाहेको यस बैंकको खातामा नगद रकम जम्मा गर्ने भौचर भर्न मिल्ने अनलाइन प्रणालीको शुभारम्भ गरिसकेको छ । यसका अलावा बैंकले मोबाइल बैंकिङ सेवा नवीकरण, अनब्लक, ब्लक, तथा पिन रिसेट गर्ने एवं मौज्दात विवरण, चेक अनुरोध, ई–कमर्श दर्ता, ब्यालेन्स सर्टिफिकेट अनुरोध र स्टेटमेन्ट अनुरोध गर्नका लागि समेत अनलाइन प्रणालीमार्फत सेवा दिइरहेको छ । 


बैंकले विद्युतीय भुक्तानी तथा डिजिटल सेवाहरूलाई अझ परिष्कृत बनाउँदै लैजाने उद्देश्य अनुरुप विद्युतीय भुक्तानी तथा सेवागत क्षेत्रहरूमा समेत डिजिटल प्रणालीको विकास गरिरहेको छ । साथै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्नका निमित्त बैंकले मोबाइल बैंकिङ वा कार्डमार्फत देशभरका २,५०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोरलगायतमा कारोबार गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्थासमेत गरेको छ ।



 

हाल बैंकले देशभर ३२६ शाखा, ४६५ एटिएम, १०१ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । 



  • प्रकाशित मिति : साउन १३, २०७७ मंगलबार १३:२९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया