मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा. जोशी

हेटौंडा– मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा. विश्वराज जोशी (बिआर जोशी) नियुक्त भएका छन् । 

बुधबार बसेको बागमती प्रदेश मन्त्रिपरिषद बैठकले जोशीलाई ४ वर्षका लागि प्रदेशले स्थापना गरेको प्रतिष्ठानको उपकुलपति नियुक्त गर्ने निर्णय गरेको हो ।

जोशी यसअघि वीर अस्पतालमा नेसनल एकेडेमी अफ मेडिकल साइन्सको रजिस्ट्रार र वीर अस्पतालमै युरोलोजी विभागका प्रमुख थिए । 

यसैगरी, मन्त्रिपरिषद बैठकले प्रदेश बालअधिकार समितिलाई पूर्णता दिएको छ । मुख्यमन्त्रीको अध्यक्षतामा रहने समितिमा झविन्द्र ज्ञवाली, शान्ता बराल, शान्ति श्रेष्ठ, मीना थापा र लक्ष्मी ढकाललाई मनोनीत गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।





  • प्रकाशित मिति : साउन १४, २०७७ बुधबार २०:३५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया