सुशान्तको मृत्युपछि उनको एकाउन्टबाट फलो गरियो आलियालाई !

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको केही समय भइसकेको छ । तर, उनको विषयमा विभिन्न समाचारहरु आउने क्रम रोकिएको छैन । 

यहीबीच उनकी प्रेमिका रिया चक्रवर्ती अहिले विवादको घेरामा जोडिएकी छिन् । सुशान्तको निधन भएको ४४ दिनपछि उनका बाबुले रियाविरुद्ध एफआइआर दर्ज गरेका छन् । 

यसमा उनले रियाले सुशान्तलाई आत्महत्या गर्न बाध्य बनाएको उल्लेख गरेका छन् । यतिमात्र होइन, सुशान्तका बाबुले रियाले विस्तारै आफ्नो परिवारबाट सुशान्तलाई अलग गरेको पनि आरोप लगाएका छन् । 

अब फेरि यही विषयमा अर्को एक लफडा सुरु भएको छ । सुशान्तको निधनपछि उनको ट्विटरबाट आलिया भट्टलाई फलो गरिएको कुरा अहिले निकै चर्चामा आउन थालेको छ । एउटा स्क्रिनसट आएपछि कंगना रनौट पनि त्यसमा जोडिएकी छिन् । 

कंगना रनौटले त यस्तो काम रियाले गरेको हुनसक्ने बताएकी छिन् । उनले यसमा पनि सिबिआइ जाँचको माग गरेकी छिन् ।





  • प्रकाशित मिति : साउन १५, २०७७ बिहीबार ९:३१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया