सुनको मूल्य लाखनजिक

सुनको मूल्य बिहीबार एक लाख नजिक पुगेको छ । निरन्तर उकालो लागेको सुनको मूल्य बिहीबार प्रतितोला ९९ हजार रूपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

 

सुन बिहीबार अघिल्लो दिनको तुलनामा ५ सय बढेर कारोबार भएको हो । यो साता आइतबार यता दैनिक रुपमा सुनको मूल्य बढिरहेको छ ।

 

मूल्य निरन्तर  उकालो लागेसँगै सुनको माग भने  घटेको व्यवसायीले बताएका छन् ।  लगातार भएको मूल्य वृद्धिले बजारमा नयाँ खरिदकर्ता नआएको व्यवसायीको  भनाइ छ । योसँगै बैंकबाट सुन खरिद पनि घखरिदकर्ता आकर्षित नहुँदा व्यवसायीले बैंकबाट हुने सुन खरिदसमेत घटेको बैंकहरूले जानकारी दिएका छन् ।

 



सुनसँगै निरन्तर उकालो लागेको चाँदीको मूल्य बिहीबार भने स्थिर छ । बिहीबार चाँदी बुधबारकै मूल्य अर्थात् १२ सय २५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।  सोमबार प्रतितोला १२ सय १० रुपैयाँ पुगेको चाँदीको मूल्य आइतबार प्रतितोला ११ सय ५५ रूपैयाँ थियो ।

 



अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको भाउ निरन्तर उकालो लागेको छ । बिहीबार सुन प्रतिऔंस १९६२.१५ डलरमा कारोबार भएको छ भने चाँदी प्रतिऔंस २४.१६ डलरमा कारोबार भएको छ ।

  • प्रकाशित मिति : साउन १५, २०७७ बिहीबार १३:३१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया