काठमाडौं– नेपाली कांग्रेसको रामचन्द्र पौडेल नेतृत्वको असन्तुष्ट समूहले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध दबाब बढाएको छ । सो समूहले बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक रुपमै विरोध जनाएको छ ।
पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले महामन्त्री र आफूले लिखित ध्यानाकर्षण गराएको तर सभापतिले त्यसको कुनै सुनुवाइ नगरेको भन्दै निरन्तर दबाब दिने बताए ।
यसअघि तत्कालीन पार्टी सभापति सुशील कोइरालाले कार्यकालको तेस्रो वर्षमा विभाग गठन गरेको तर त्यसलाई स्वयं वर्तमान सभापति शेरबहादुर देउवाले अस्वीकार गरेपछि सबै विभाग खारेज गरेको पनि पौडेलले स्मरण गराए ।
उनले देशभरका नेता–कार्यकर्तालाई विधानविपरीतका गतिविधिलाई साथ नदिन पनि आग्रह गर्दै सभापतिको यस्तो गतिविधिलाई नै महाधिवेशनको एजेण्डा बनाउने घोषणा गरे ।
सो पत्रकार सम्मेलनमा पौडलसहित महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, मीनेन्द्र रिजाललगायत नेता सहभागी थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।