नयाँ अध्ययनः पाँच वर्षभन्दा तलका बालबालिकामा कोरोनाभाइरस सय गुणासम्म बढी

पाँच वर्षभन्दा कम उमेरका बालबालिकामा वयस्कको तुलनामा कोरोनाभाइरस संक्रमण हुने वा बढ्ने क्रम १० देखि १ सय गुणासम्म बढी हुने पाइएको छ । यसको अर्थ के हो भने समुदायमा कोरोनाभाइरस संक्रमणका लागि बालबालिका बढी जिम्मेवार हुन्छन् । 

जामा पिडियाट्रिक्सले बिहीबार गरेको एक अध्ययनको रिपोर्टमा यो उल्लेख भएको हो ।

यो रिपोर्टले अमेरिकाको अनुसन्धानलाई पनि आधार बनाएको छ । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले स्कुल तथा डेकेयरहरु खोल्न थालेपछि कोरोना संक्रमण झन् बढी पाइएको पनि उल्लेख गरेको छ ।

यसका लागि १ सय ४५ कोरोनाभाइरस संक्रमित बालबालिकामाथि अध्ययन गरिएको थियो ।





  • प्रकाशित मिति : साउन १६, २०७७ शुक्रबार १२:४२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया