सनराइज बैंकको सिइओमा पौड्यालकै निरन्तरता

काठमाडौं– सनराइज बैंकले प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा जनक शर्मा पौड्याललाई नै निरन्तरता दिएको छ । 

सञ्चालक समिति र सिइओ पौडेलबीच विवाद उत्पन्न भएपछि नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरेर दुवै पक्षलाई मिल्न दबाब दिएको थियो । 

राष्ट्र बैंकको दबाबपछि बैंक सञ्चालक समितिले बिहीबारको बैठकले पौड्याललाई नै निरन्तरता दिएको हो ।  

बैंक सञ्चालक समितिले सिइओ पौड्यालसँग ६ बुँदे स्पष्टीकरण समेत सोधेको थियो । सिइओ पौड्यालले दिएको स्पष्टीकरणका आधारमा उनलाई निरन्तरता दिइएको हो ।





  • प्रकाशित मिति : साउन १६, २०७७ शुक्रबार १७:१८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया