पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु, मृत्यु हुने ५६ पुगे
फाइल तस्बिर

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शुक्रबार पछिल्लो २४ घण्टामा चार जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिए । 

मृत्यु हुनेमध्ये चारै जना पर्सा जिल्लाका रहेको मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा तीन पुरुष र एक महिला छन् । तीमध्ये पर्सा श्रिपुर बस्‍ने ५६ वर्षीय, वीरगञ्ज वडानम्बर १६ बस्‍ने ३५ वर्षीय र छपकैयाका ६५ वर्षका पुरुष रहेका छन् भने पर्सा जिल्ला स्थायी घर भई हाल ललितपुर थसिखेल बस्‍ने ६५ वर्षकी महिला छन् । 
 





  • प्रकाशित मिति : साउन १६, २०७७ शुक्रबार १७:२२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया