स्यानिटाइजर पिउँदा १० जनाको मृत्यु

भारतको दक्षिणी राज्य आन्ध्रप्रदेशको एउटा गाउँमा स्यानिटाइजर सेवन गरेपछि कम्तीमा १० जनाको ज्यान गएको छ । कुरीचेडु नामक गाउँमा कोरोनाभाइरस सङ्क्रमण बढेका कारण लकडाउन गरिएको छ ।


लकडाउनका कारण  रक्सी बेच्ने पसल बन्द भएकाले अल्कोहलमा आधारित स्यानिटाइजर सेवन गर्दा स्थानीय मृत्यु भएको बताइएको छ । जिल्लाका प्रहरी प्रमुख सिद्धार्थ कौशलले ती मानिसहरूले स्यानिटाइजरमा पानी तथा हल्का पेय पदार्थ मिसाएर पिएको बताए ।

 

उनका अनुसार ती मानिस पियक्कड थिए र तिनले मर्नुभन्दा १० दिन अगाडिदेखि त्यसरी स्यानिटाइजर पिउन थालेका थिए ।

स्थानीयले पिए​को स्यानिटाइजरमा अन्य विषालु पदार्थ पनि थिए कि भनेर अनुसन्धान गरिरहेको उनले बताए । स्यानिटाइजरको नमुना रासायनिक परीक्षणका निम्ति पठाइएको उनले  जानकारी दिए ।





  • प्रकाशित मिति : साउन १७, २०७७ शनिबार १४:२२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया