सभामुखको सुरक्षामा खटिएका प्रहरीलाई कोरोना संक्रमण

पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दै गएको छ । खासगरी उच्च पदस्थ व्यक्तिका नजिक संक्रमण फैलन थालेको छ । यसैक्रममा संघीय संसद सचिवालयका सभामुख अग्निप्रसाद सापकोटाको सुरक्षामा खटिएका एक प्रहरीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।


सभामुख सचिवालय स्रोतका अनुसार सभामुखको अगुवा सवारीमा हिँड्ने एक प्रहरीलाई कोरोना पुष्टि भएको हो । नेपाल प्रहरीभित्र कोरोना संक्रमणको दर बढेपछि प्रहरीले ठूलो संख्यामा कोरोना परिक्षण गर्दा सभामुखको सुरक्षामा​ खटिँदै आएका ती प्रहरीलाई पनि संक्रमण पुष्टि भएको हो ।
 
सभामुखको सवारीमा प्रहरीका ती व्यक्ति साउन ६ गतेसम्म अगुवा गाडीमा खटिएका थिए ।  सभामुखको सचिवालयमा रहने व्यक्तिहरुलाई नै कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार र शनिबार सचिवालयमा रहेका अन्य व्यक्तिको पनि पिसिआर परिक्षण गरिएको छ । सभामुखसहित सचिवालयका अन्य व्यक्तिको परिक्षणको रिपोर्ट भने आइसकेको छैन ।  

 
शनिबारमात्र संघीय सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि भएको थियो । 





  • प्रकाशित मिति : साउन १७, २०७७ शनिबार १४:५९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया