वीरगन्जमा काेराेनाका कारण थप एककाे मृत्यु

वीरगन्जको नारायणी बयोधा अस्पतालमा उपचाररत थप एक जना महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । शुक्रबार त्यहाँ एकजना ५० वर्षीय महिलाको मृत्यु भएको थियो भने शनिबार अर्को ६८ वर्षीय महिलाको मृत्यु भएको हो ।

ज्वरो र निमोनिया भएपछि बुधबार अस्पताल भर्ना भएकी वीरगन्ज-१६ नगवाकी ६८ वर्षीय वृद्ध महिलाको शनिबार दिउसो मृत्यु भएको नारायणी अस्पतालका डा. निरज सिंहले जानकारी दिए । 

श्वासप्रश्वासमा समस्या देखिएको उनलाई बयोधाबाट नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको डा.सिंहले बताए । शुक्रबार राति ११ बजे आएको रिपोर्टमा मृतक वृद्ध महिलामा कोरोना संक्रमण पोजेटिभ देखाएको थियो। 

 





  • प्रकाशित मिति : साउन १७, २०७७ शनिबार २३:७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया