सभामुख सापकोटाको कोरोना रिपोर्ट नेगेटिभ

सभामुख अग्निप्रसाद सापकोटाको कोरोनाभाइरस रिपोर्ट नेगेटिभ आएको छ । यसअघि उनको अगुवा गाडी चालक प्रहरीमा कोरोनाभाइरस संक्रमण देखिएपछि उनको कोरोनाभाइरस संक्रमण परीक्षण गरिएको थियो । 

ती प्रहरीमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएसँगै सभामुख सापकोटा, उनको सचिवालय र सुरक्षामा खटिएका सुरक्षाकर्मी सबैको कोरोना परीक्षण गरिएको थियो ।

तर, सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

सभामुख सापकोटाका अगुवा गाडी चालक चाहिँ प्रहरी प्रधान कार्यालयमा बस्ने गरेको र त्यहाँ नै उनलाई कोरोनाभाइरस संक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ ।





  • प्रकाशित मिति : साउन १८, २०७७ आइतबार ९:३१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया